दाङका शरद र रोशनीको बँदेल मार्न थापेको पासोमा परेर मृत्यु भएको निष्कर्ष « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दाङका शरद र रोशनीको बँदेल मार्न थापेको पासोमा परेर मृत्यु भएको निष्कर्ष


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ स्थित दमार गाउँको जङ्गलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको बँदेल मार्न थापेको पासोमा परेर ज्यान गएको छ । आइतबार पत्रकार सम्मेलन गरेर जनकल्याण सामुदायिक वनमा बँदेल मार्न पासो थाप्ने ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

असोज २७ मा आरोपीहरूले पासो थापेको र भोलिपल्ट हेर्न जाँदा शव देखेर सवैजना मिलेर व्यवस्थापन गरेको अनुसन्धानबाट थाहा भएको लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायले बताए ।

पासो थापेको आरोपमा पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१३ बस्ने ३९ वर्षीय गणेश भन्ने हरिशचन्द्र पौडेल, ३८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिम बहादुर बुढा र प्रकाश भन्ने अमर राज कार्की छन् । घटना अनुसन्धानको क्रममा ७० जनासँग अप्रत्यक्ष रूपमा र ४ सय ८७ जनालाई निगरानीमा राखेर सूक्ष्म अनुसन्धान गरिएको दाङका एसपी वीर बहादुर ओलीले जानकारी दिए । 

फरेन्सिक चिकित्सकले दिएको क्लुको आधारमा अनुसन्धान अधिकृतहरू पासो थाप्नेहरुम्म पुग्न सफल भएका छन् । घटनास्थलमा गएकी फरेन्सिक विज्ञ विभूति शर्माले मृतक किशोर किशोरीको ‘खुट्टामा करेन्ट लागेको’बारे प्रहरीलाई जानकारी गराइन् । त्यसपछि अनुसन्धान अधिकृतहरूले बँदेल मार्ने टोलीबारे अनुसन्धान सुरु गरेको थियो । 

पासोमा पहिला रोशनी परिन् । शरद र रोशनी प्रेममा थिए । रोशनीलाई बचाउन खोज्दा पासोमा परेर शरदको पनि मृत्यु भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।​​

Tags :
प्रतिक्रिया दिनुहोस