२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधि शासक होइन, सेवक हुनुपर्छ : पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता प्रदीप पौडेलले भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन नहुने बताएका छन् । यसका लागि काठमाडौँ ५ बाटै जनप्रतिनिधिको परिभाषा बदल्न आवश्यक रहेको उनको भनाइ छ ।

विशालनगरमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘जनप्रतिनिधि शासक होइन, सेवक हुनुपर्छ । यो चेतनाले भरिएको ठाउँ हो । यहाँबाट इमानले हार्ने र भ्रष्टाचार अनुमोदित हुने अवस्था नहोस् । स्वार्थका लागि बिचौलिया र दलालको नेताको परिभाषा परिवर्तन गरिनु आवश्यक छ ।’

पौडेलले एउटा निर्वाचनमा जित्नु मात्र नभई कार्यकारी प्रमुख नै हुने महत्त्वाकाङ्क्षा आफूमा रहेको बताए । ‘एक–दुई वटा चुनाव लड्ने महत्त्वाकाङ्क्षा छ । कार्यकारी प्रमुख नै हुने महत्त्वाकाङ्क्षा पनि छ । अहिले निर्वाचनमा मत आकर्षित गर्न भनेका कुरा पूरा गरिएन भने पछि निर्वाचन जितिँदैन । जनताको विश्वास जित्न सकिएन भने त्यो सपना पूरा हुँदैन,’ उनले भने ।

पौडेलले सांसद विकास कोषको रकमको सार्वजनिक अडिट गर्ने, जनप्रतिनिधिमाथि छानबिन गर्न नागरिक अगुवाको टिम बनाएर नागरिक स्तरको मूल्याङ्कनबाट राइट टु रिजेक्टको व्यवस्था सुरु गर्ने, यस क्षेत्रमा विद्यालयलाई बुढानीलकण्ठ स्कुलको गुणस्तरमा पुर्‍याउन पहल गर्ने, उनले निर्वाचित भएपछि सबैभन्दा पहिला संसद्मा भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव लैजाने, सबैसँग सहकार्य गरेर दिगो र व्यवस्थित विकासको स्थिति बनाउने र काठमाडौँ ५ लाई प्रतिनिधित्व गरेर देशकै प्रतिनिधित्व गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरे ।

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले काँग्रेसभित्रका आशालाग्दा नेताहरूले अब युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने वेला आएको बताए । वाग्लेले प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएर युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बताए ।