बालेन र कोमललाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालेन र कोमललाई आयोगले सोध्यो स्पष्टीकरण


१९ कार्तिक २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेकपा (एमाले) दाङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ ।

हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा प्रमुख बालेन शाहकोसमेत समर्थन रहेको भन्ने जानकारी पाएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

यस्तै दाङ ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार कोमल वलीले विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।

वलीले शुक्रबार दाङको बबई गाउँपालिका १ स्थित सरस्वती जनता माविको प्राङ्गढमा विद्यार्थीसँग भोट मागेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस