निर्वाचन खारेज गर्न विप्लव नेतृत्वको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचन खारेज गर्न विप्लव नेतृत्वको माग


१९ कार्तिक २०७९, शनिबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि एवम् प्रदेश सभाको निर्वाचन खारेज गर्न माग गरेको छ ।

नेपालको अहिलेको अवस्था व्यक्ति नभई व्यवस्था नै चुन्नुपर्ने रहेको उल्लेख गर्दै पार्टीले भनेको छ, ‘व्यक्ति फेरेर व्यवस्था फेरिँदैन । व्यवस्था नफेरेसम्म व्यक्ति फेर्नुको कुनै औचित्य छैन । नेपालमा फेर्नु र चुन्नुपर्ने राज्यसत्ता हो । व्यक्ति मात्रै होइन ।’

विज्ञप्तिमा अहिलेको निर्वाचन दलाल पुँजीवादी रहेको यसको खारेजी अनिवार्य रहेको उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस