२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो कर्णाली जिएमआरलाई दिने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश 

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद दुई वर्ष थप्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

१० वर्षअघि नै भारतीय कम्पनी जिएमआरलाई सुरुमा दुई वर्ष र त्यसपछि दुई पटक गरी दुईवर्ष म्याद थपेको आयोजना अघि बढाउन सरकारले गत असार ३१ गते थप दुई वर्षका लागि म्याद थप गरेको थियो।

उक्त निर्णयविरुद्ध रतन भण्डारीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको हो।

बिहीबार जारी भएको सर्वोच्चको आदेशमा भनिएको छ, ‘सुविधा सन्तुलन तथा अपूरणीय रूपमा पर्न जाने क्षति समेतलाई दृष्टिगत गर्दा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएकाले प्रस्तुत रिट निवेदन अन्तिम किनारा नलागेसम्म माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषदवाट मिति २०७९ ।०३ ।३१ मा भएको निर्णय कार्यान्वयन नगर्नु नगराउनु, यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम प्रत्यर्थीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ।’

सर्वोच्चले २०७४ देखि म्याद थप नभई शून्यताको अवस्थामा पुगेको सम्झौतालाई पुनः दुई वर्षका लागि भनेर निरन्तरता दिनु औचित्यपूर्ण नभएको ठहर गरेको छ।

‘पहिले करिब ३ वर्ष अगाडि नै म्याद समाप्त भइसकेको र बीचको म्याद थप नभएको अवस्था छँदाछँदै निर्णय भएको मिति अर्थात् २०७९।०३ ।३१ गते देखी दुई वर्ष म्याद थप गर्ने कुराको कुनै तार्किक औचित्य देखिँदैन, सर्वोच्चको आदेशमा अगाडि भनिएको छ, ‘साविकमा म्याद थप गर्ने कार्य लगानी बोर्डबाट गर्ने गरिएकोमा अहिले किन सो निर्णय मन्त्रिपरिषदबाट गर्नु परेको हो भन्ने पक्ष पनि विचारणीय देखिन्छ।’

न्यायाधीश खतिवडाको एकल इजलासले यसअघि लगानी बोर्डबाटै हुँदै आएको म्याद थपको विषय यसपटक मन्त्रिपरिषदबाट गरिनु उचित नभएको प्रारम्भिक सुनुवाइकै क्रममा निष्कर्ष निकालेको छ।

आदेशमा उल्लेख गरिएको छ, ‘यस प्रकारको सम्झौता गर्ने, म्याद थप गर्ने कार्य लगानी बोर्डबाट गरिँदै आएको र कानूनले समेत लगानी बोर्डलाई नै अख्तियारी प्रदान गरेको देखिन्छ। साविकमा म्याद थप गर्ने कार्य लगानी बोर्डबाट गर्ने गरिएकोमा अहिले किन सो निर्णय मन्त्रिपरिषदबाट गर्नु परेको हो भन्ने पक्ष पनि विचारणीय देखिन्छ।’

वर्षौैदेखि माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विषयमा कुरा उठे पनि निर्माण कार्य भने ठोस रूपमा अघि बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस