सन्दीप लामिछानेविरुद्धको बहस अझै सकिएन, शुक्रबारका लागि हेर्दाहेर्दैमा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सन्दीप लामिछानेविरुद्धको बहस अझै सकिएन, शुक्रबारका लागि हेर्दाहेर्दैमा


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन्।

कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मङ्गलवार बयान भएको थियो। बुधवारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस