देउवालाई स्वागत गर्न पुगे स्वतन्त्र उम्मेदवार सागर ढकाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देउवालाई स्वागत गर्न पुगे स्वतन्त्र उम्मेदवार सागर ढकाल


१७ कार्तिक २०७९, बिहिबार


डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका छन् । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लागेका छन् ।

उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएका छन् । २०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

ढकालले राजनीतिक संस्कार देखाउन स्वागतमा उभिएको बताए । ‘देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न आएको हुँ, सभामै बोल्न समय मागेको छु’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस