काँग्रेस डडेल्धुराका २ पूर्वसभापतिको मल्ल र जोशीलाई समर्थन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस डडेल्धुराका २ पूर्वसभापतिको मल्ल र जोशीलाई समर्थन


१७ कार्तिक २०७९, बिहिबार


डडेल्धुरा । नेपाली काँग्रेस डडेल्धुराका दुई पूर्व जिल्ला पार्टी सभापतिले आसन्न निर्वाचनमा नेपाली काँग्रेस बिपी र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।

बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै पूर्व सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले बिपीका प्रतिनिधिसभा उम्मेदवार कर्णबहादुर मल्ल र प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार डा. तारा जोशीलाई समर्थन गर्ने जानकारी गराएका हुन्।

मंसिर ४ गते हुने निर्वाचनमा डडेल्धुरामा काँग्रेस र शेरबहादुर देउवाका नामबाट केही सीमित व्यक्तिहरूले आमजनतामाथि जनताकै मत प्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्ति दिलाउन मल्ल र जोशीलाई समर्थन गरेको पूर्व सभापति चटौतले बताए।

ढाँट र चटौतले जिल्लासाबीमा करुवा र लालटिन चुनाव चिह्नमा मतदान गर्न पनि आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस