प्रधानमन्त्री कप : लुम्बिनीले दियो पुलिसलाई १८९ रनको लक्ष्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री कप : लुम्बिनीले दियो पुलिसलाई १८९ रनको लक्ष्य


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबसामु १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको लुम्बिनीले ४४.२ ओभरमा सबै विकेट गुमाएर १८८ रनको योगफल खडा गर्‍यो ।

लुम्बिनीलाई कम योगफलमै रोक्न पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । १० ओभर बलिङ गरेका दीपेन्द्रले ५५ रन खर्चिए । करण केसी र सागर ढकालले समान दुई विकेट लिँदा गुल्सन झा र ललित राजवंशीले एक-एक विकेट लिए ।

लुम्बिनीलाई सम्मानजनक योगफलसम्म पूर्‍याउन कप्तान देव खनालले ७४ रन बनाए । विशालविक्रम केसीले ३०, प्रज्वल थापाले २३ सँगै दुर्गेश गुप्ता र मोहम्मद हुसेनले समान ११ रन बटुले ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेका दुवै टिम हालसम्म अपराजित छ । दुई खेलबाट चार अंक जोडेको पुलिस तालिकाको शीर्ष स्थानमा छ भने एक खेलबाट दुई अंक जोडेको लुम्बिनी दोस्रो स्थानमा छ । पाँच टिम रहेको समूहबाट शीर्ष दुई टिम सेमिफाइलन प्रवेश गर्नेछन् ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमसहित १० टोलीको सहभागिता छ । जसलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस