टी-२० विश्वकप : आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

टी-२० विश्वकप : आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । टी-२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै छन् ।

सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । दक्षिण अफ्रिका ३ खेलमा पाँच अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान दुई अङ्कसहित पाँचौँ स्थानमा छ।

हिजो एडिलेडमा भएको रोमाञ्चक खेलमा भारतले बङ्गलादेशलाई पाँच रनले हरायो । यो खेलमा नटआउट ६४ रन बनाएका विराट कोहलीले आइसिसी टी–२० विश्व कपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । कोहलीले विश्व कपमा २५ खेल खेल्दै १ हजार ६५ रन बनाएका छन् ।

जितसँगै भारत चार खेलमा छ अङ्कसहित समूह ‘२’ को शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेश चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । जिम्बाब्वे तीन अङ्कसहित चौथौँ र नेदरल्यान्ड दुई अङ्कसहित छैटौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस