इमान्दार भएर काम गर्न मातहतका निकायलाई मेयर बालेनको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इमान्दार भएर काम गर्न मातहतका निकायलाई मेयर बालेनको निर्देशन


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘काठमाडौँ महानगरपालिका, वडा महिला सञ्जाल: गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै मेयर बालेनले कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने बताए ।

उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणासमेत राखे । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले बाधा अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताए ।

मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निस्तेज पार्न सकिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस