२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा पनि चल्यो डोजर, अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु 

अ+ अ-

काठमाडौँ । धनगढीको मुख्य सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना बुधबारदेखि भत्काउन सुरु गरिएको छ । 

धनगढी उपमहानगरको सडक फराकिलो बनाउने योजनासहित नगरप्रमुख गोपाल हमाल आफैँ सडकमा उत्रेर भत्काउन सुरु गरेका छन् । 

सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्त सम्म हटाइसक्न सूचना जारी गरिएको भएपनि अटेर गरेपछि नगरप्रमुख हमाल आफैँ डोजर लिएर सडकमा निस्केका हुन् । उपमहानगरपालिकाले बुधबार धनगढीको अस्पताल लाइनमा रहेका सटरहरू भत्काउन सुरु गरेको छ । 

प्रदेशको अस्थायी मुकाम र मुख्य सहरका रूपमा रहेको धनगढीको मुख्य बजार साँघुरो सडकका कारण अस्तव्यस्त हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको थियो । 

उपमहानगरले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक चौडा बनाउन लागेको हो । 

सडक चौडा बनाउन केही घरधनीहरूले उपमहानगरपालिकाको प्राविधिक सहयोगमा आफैँ संरचना हटाइसकेको उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखाले जनाएको छ  । 

मुख्य बजार क्षेत्रमा सडकको क्षेत्राधिकार मिचेर दर्जनौँ संरचना निर्माण गरिएका थिए । ती संरचनालाई हटाएर पार्किङ व्यवस्थासहित फुटपाथ र साइकल लेनसमेत भएको अत्याधुनिक सडक निर्माण गर्ने योजना उपमहानगरको छ । सडक निर्माणका लागि परामर्शदातामार्फत सर्भेको काम भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस