हामी जनतालाई विकास दिन्छौँ : पूर्वमन्त्री गुरुङ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

हामी जनतालाई विकास दिन्छौँ : पूर्वमन्त्री गुरुङ


१६ कार्तिक २०७९, बुधबार


दमौली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले मङ्सिर ४ गते हुने निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गरेका छन् ।

तनहुँको दुलेगौँडामा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री गुरुङले जनताको आकर्षण एमालेप्रति बढेकाले एमालेले बहुमत ल्याउने र त्यसपछि जनतालाई विकास दिने बताए । निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने गुरुङको भनाइ थियो । ‘एमालेको बहुमत आएपछि हामी जनतालाई विकास दिन्छौँ,’ गुरुङले भने ।

तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले यो क्षेत्रमा विगतमा एमाले नेतृत्वमा भएका विकासका कामलाई निरन्तरता दिन जनताले मूल्याङ्कन गर्ने समय भएको बताए ।

सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना एमालेमा समाहित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस