२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप : सुपर-१२ मा नेदरल्यान्ड्सको पहिलो जित

अ+ अ-

काठमाडौँ । ओपनर म्याक्स ओ‘डाउडको अर्धसतकप्रेरित नेदरल्यान्ड्सले आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर-१२ मा बुधबार पहिलो जित निकालेको छ ।

एडिलेड ओभलमा सम्पन्न समूह–२ को खेलमा नेदरल्यान्ड्सले जिम्बाब्वेलाई पाँच विकेटले पराजित गरेको हो । जिम्बाब्वेले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८ ओभरमा पाँच विकेट गुमाएर १२० रन बनायो ।

नेदरल्यान्ड्सको जितमा ओपनर ओ‘डाउडले ४७ बलमा आठ चौका र एक छक्कासहित ५२ रन बनाए । टम कुपरले ३२ रन बनाउँदा बास डे लिडेले अविजित १० रन जोडे ।

जिम्बाब्वेका रिचार्ड एन्गाराभा र ब्लेसिंग मुजरबानीले समान दुई विकेट लिँदा लुक जंगवेले एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङमा आएको जिम्बाब्वेले १९.२ ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको थियो ।

जिम्बाब्वेका सिकन्दर राजाले सर्वाधिक ४० रन बनाएका थिए । सिन विलियम्सले २८ रन बनाउँनुबाहेक अन्य टिमका ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

जिम्बाब्वेलाई कम योगफलमा रोक्न नेदरल्यान्ड्सका पाउल भान मिकेरेनले तीन विकेट लिएका थिए । ब्रान्डन ग्लोभर, लोगन भान बिक र बास डे लिडेले समान दुई विकेट लिँदा फ्रेड क्लासेनले एक विकेट हात पारे ।

समूह-२ मा चार खेलबाट दुई अङ्क जोडे पनि नेदरल्यान्ड्स तालिकाको पुछारमा छ । समान खेलबाट तीन अङ्क जोडेको जिम्बाब्वे चौथो स्थानमा छ । आजै हुने समूह-२ को अर्को खेलमा भारत र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदै छ ।