२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेको घोषणापत्र आधारहीन’ : नैनसिंह

अ+ अ-

डडेलधुरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ०७४ सालको निर्वाचनपछि साढे तीन वर्ष सरकार चलाएको नेकपा एमालेले घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको बताएका छन् ।

डडेलधुराको अजय मेरु गाउँपालिकामा सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता महरले एमालेले प्रकाशित गरेको घोषणापत्रमा समेटिएका २० ग्यारेन्टी आधारहीन भएको बताए । २० ग्यारेन्टीका नाउँमा निर्वाचन प्रभावित पार्न एमालेले जनताको आँखामा छारो हाल्ने काम गरिरहेको उनको भनाइ छ ।

केपी ओलीले साढे तीन वर्षसम्म सरकार चलाए पनि २०७४ को घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको महरको दाबी छ । उनले भने, ‘आफ्नो घोषणापत्रमा लेखेको एक प्रतिशत काम पनि जुन पार्टीले कार्यान्वयन गर्दैन त्यो पार्टीले देश बनाउँछु भन्नु हावादारी कुरा हो । त्यसैले जनता काँग्रेस नेतृत्वको गठबन्धनको पक्षमा उभिन आवश्यक छ ।’

ओली नेतृत्वको सरकारले साढे तीन वर्ष सरकार चलाएर ऋण बढाउने मात्रै काम गरेको महरले बताए । ‘केपी ओली प्रधानमन्त्री हुने समयमा एक जना नेपालीको टाउकोमा चानचुन २३ हजार ऋण थियो,’ महरले भने, ‘ओलीले साढे तीन वर्ष सरकार चलाएपछि ६० हजारभन्दा बढी पुर्‍याइदिए । ६ खर्ब रहेको देशको ऋण पनि बढाएर २० खर्ब बढी पुगाइदिए ।’

फेरि पनि ओली नेतृत्वको सरकार बने अबको ५ वर्षमा एक सय खर्बको अर्थतन्त्र बन्ने भन्दा पनि एक सय खर्ब ऋण थपिने र देश कङ्गाल बन्ने खतरा रहेको महरले बताए । काँग्रेस संविधान बचाउन, स्थिरता कायम गर्न र देशको सम्बृद्धिका लागि गठबन्धन बनाएर अगाडि बढेको उनको तर्क छ ।