चुनावमा एक हप्ता बिदा दिने त्रिविको तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चुनावमा एक हप्ता बिदा दिने त्रिविको तयारी


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा एक हप्ता बिदा दिने तयारी गरेको छ ।

जाडोको बिदामा समायोजन गर्ने गरी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा बिदा दिने सुझाव आएकोले त्यसै गरी बिदा दिने तयारी भइरहेको बताइएको छ ।

चुनावका बेला विद्यार्थीहरू पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरूमा मतदान केन्द्रहरू परेको भएकोले एक हप्ता बिदा दिने तयारी रहेको बताइएको छ ।

बिदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भई नसके पनि मंसिर १ देखि ६ सम्म बिदा हुने सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस