‘केही पार्टीका नेताहरूलाई धरहरा हेर्‍यो कि घोच्ने’: केपी ओली « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘केही पार्टीका नेताहरूलाई धरहरा हेर्‍यो कि घोच्ने’: केपी ओली


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीका नेतालाई धरहरा हेर्‍यो कि घोच्ने गरेको बताएका छन्।

बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १मा आयोजित कार्यक्रममा बोल्दै उनले सांस्कृतिक र ऐतिहासिक स्थलमा रहेको धरहरालाई भ्यु टावर र सेतो टावरको टिप्पणी गरेकोप्रति आपत्ति जनाए।

उनले एमालेले गरेका काम देख्न नसकेर यस्तो टिप्पणी गर्ने गरेको बताए। एमालेको सरकारले भूकम्पले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गरेको दाबी गरे।

उनले भूकम्पले ध्वस्त बनाएका रानी पोखरी, दरबार हाई स्कुल लगायत पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदा एमालेको सरकार बनेपछि चाडै पुन निर्माण गरिएको सुनाए। उनले आफ्नो सरकारले तुइन युगबाट पुलको युगमा प्रवेश गराएको दाबी गरे। उनले बानेश्वरमा भाडामा लिएर संसद भवन चलिरहेकाले अब सिंहदरबारमा नै आफ्नै भवनबाट संसद चल्ने बताए।

एमालेबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा किरण पौडेल र प्रदेशसभा सदस्य तर्फ निर्वाचन क्षेत्र नम्बर १मा रामप्रसाद अमागाई र निर्वाचन क्षेत्र नम्बर २ मा गणेशप्रसाद दुलाल उम्मेदवार रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस