राष्ट्रपति बोल्सोनारोले गरे निर्वाचनको नतिजा अस्वीकार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति बोल्सोनारोले गरे निर्वाचनको नतिजा अस्वीकार


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजालाई आत्मासाथ गर्न अस्वीकार गरेका छन् । यस निर्वाचनमा ब्राजिलका पूर्व राष्ट्रपति लुला डा. सिल्भा विजयी भएका छन् ।

निर्वाचनको नतिजा नआउन्जेलसम्म यी दुई नेतामध्ये को–को राष्ट्रपति पदमा उक्लने भन्ने स्पष्ट थिएन । अन्त्यमा लुला डा. सिल्भाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरे । हारपछि बोल्सोनारोले अहिलेसम्म मौन धारण गरेका थिए, जुन उनले केही घण्टा अघि तोडेका छन् । तर त्यसमा बोल्सोनारोले यस चुनावमा आफ्नो हार स्वीकार गरेनन्। तर, आशङ्का गरिए जस्तै उनले निर्वाचनको नतिजालाई भने चुनौती दिएनन् ।

बोल्सोनारोको दुई मिनेटको छोटो भाषणपछि उनका चिफ अफ स्टाफले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुने बताएका छन् । बोल्सोनारोको भाषणपछि ब्राजिलको सर्वोच्च अदालतले पनि एक विज्ञप्ति जारी गर्दै सत्ता हस्तान्तरणलाई स्वीकृति दिएर उनले निर्वाचनको नतिजा स्वीकार गरेको बताएको छ ।

लुला दा सिल्भाको जितपछि ब्राजिलको अवस्था निकै संवेदनशील छ । बोल्सोनारोका समर्थकहरूले ब्राजिलका दुई दर्जनभन्दा बढी राज्यमा सडक अवरुद्ध गरेका छन्। धेरै ठाउँबाट आगजनीका रिपोर्टहरू आइरहेका थिए जसका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा देखिएका छन्।

बोल्सोनारोले यसअघि एक पटक भनेका थिए कि भगवानले मात्र उनलाई सत्ताबाट हटाउन सक्छन् । यससँगै उनले प्रमाण नदिई मतदान प्रक्रियामा प्रश्न उठाएका थिए । जसका कारण उनको मौनतालाई लिएर सबै आशङ्का गरिरहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस