२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति बोल्सोनारोले गरे निर्वाचनको नतिजा अस्वीकार

अ+ अ-

काठमाडौँ । ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजालाई आत्मासाथ गर्न अस्वीकार गरेका छन् । यस निर्वाचनमा ब्राजिलका पूर्व राष्ट्रपति लुला डा. सिल्भा विजयी भएका छन् ।

निर्वाचनको नतिजा नआउन्जेलसम्म यी दुई नेतामध्ये को–को राष्ट्रपति पदमा उक्लने भन्ने स्पष्ट थिएन । अन्त्यमा लुला डा. सिल्भाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरे । हारपछि बोल्सोनारोले अहिलेसम्म मौन धारण गरेका थिए, जुन उनले केही घण्टा अघि तोडेका छन् । तर त्यसमा बोल्सोनारोले यस चुनावमा आफ्नो हार स्वीकार गरेनन्। तर, आशङ्का गरिए जस्तै उनले निर्वाचनको नतिजालाई भने चुनौती दिएनन् ।

बोल्सोनारोको दुई मिनेटको छोटो भाषणपछि उनका चिफ अफ स्टाफले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुने बताएका छन् । बोल्सोनारोको भाषणपछि ब्राजिलको सर्वोच्च अदालतले पनि एक विज्ञप्ति जारी गर्दै सत्ता हस्तान्तरणलाई स्वीकृति दिएर उनले निर्वाचनको नतिजा स्वीकार गरेको बताएको छ ।

लुला दा सिल्भाको जितपछि ब्राजिलको अवस्था निकै संवेदनशील छ । बोल्सोनारोका समर्थकहरूले ब्राजिलका दुई दर्जनभन्दा बढी राज्यमा सडक अवरुद्ध गरेका छन्। धेरै ठाउँबाट आगजनीका रिपोर्टहरू आइरहेका थिए जसका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा देखिएका छन्।

बोल्सोनारोले यसअघि एक पटक भनेका थिए कि भगवानले मात्र उनलाई सत्ताबाट हटाउन सक्छन् । यससँगै उनले प्रमाण नदिई मतदान प्रक्रियामा प्रश्न उठाएका थिए । जसका कारण उनको मौनतालाई लिएर सबै आशङ्का गरिरहेका थिए ।