शिक्षा मन्त्रालयको लिफ्ट बिग्रिँदा ६ जना भित्रै थुनिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शिक्षा मन्त्रालयको लिफ्ट बिग्रिँदा ६ जना भित्रै थुनिए


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लिफ्ट बिग्रिदा ६ जना करिब एक घण्टा थुनिएका छन् ।

कामको सिलसिलामा मन्त्रालय पुगेका २ जना स्विडेनका र ४ जना नेपाली नागरिकको करिब एक घण्टापछि उद्धार गरिएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार लिफ्टमा अड्किएकाहरूलाई नेपाली सेना र नेपाल पुलिसका प्राविधिकहरूले उद्धार गरेका थिए । मन्त्रालयका अनुसार प्राविधिक समस्याको कारण ६ जना लिफ्टभित्रै अड्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस