श्रीलङ्कासँग पराजित भएसँगै अफगानिस्तान टी-२० विश्व कपबाट बाहिरियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्कासँग पराजित भएसँगै अफगानिस्तान टी-२० विश्व कपबाट बाहिरियो


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई हराएको छ ।

अस्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हराएको हो ।

यस हारसँगै अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ । अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य श्रीलङ्काले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलङ्काको जितमा धनन्जय डी सिल्भाले अविजित रहँदै ६६ रनको अर्धशतकीय इनिङ खेले । कुशल मेन्डीसले २५ रन जोड्दा चारिथ असलन्काले १९ रन बनाए ।

भानुका राजपाक्षेले १८ रन जोड्दा पाथुम निसन्काले १० रन बनाए । अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले २र२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

अफगानिस्तान रहमानउल्लाह गुरुबाजले २८ रन जोड्दा उश्मान घानीले २७ रन बनाए ।

इब्राहिम जाड्रनले २२ तथा नाजिबउल्लाहले १८ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ३ तथा लाहिरु कुमाराले २ विकेट लिए ।

समूह १ मा रहेको श्रीलङ्काको यो दोस्रो जित हो । श्रीलङ्काले ४ खेलमा ४ अंक जोडेको छ । श्रीलङ्का तेस्रो स्थानमा उक्लिएको छ ।

अफगानिस्तान २ अंक जोडेर पुछारमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस