प्रहरीमा ३ जना एआईजी रिक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीमा ३ जना एआईजी रिक्त


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीमा आजदेखि ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त भएका छन्।

एआईजी अरुणकुमार बिसीको अवकाशपछि रिक्त एआईजीको संख्या ३ पुगेको हो।

अरुणकुमार १५ दिन अघिबाटै बिदा बसेका थिए। उनी प्रशासन विभागमा कार्यरत थिए।

त्यसअघि गत साउन २० गते एआईजी विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्य पनि अनिवार्य अवकाश भएका थिए। उनीहरू तीनै जना एआईजी ५६ वर्षे उमेर हदका कारण अवकाश भएका हुन्।

कात्तिक २५ गते एआईजी रवीन्द्रबहादुर धानुक पनि अवकाश हुने भएका छन्। उनको अवकाशपछि मात्रै एआईजी बढुवा गर्ने सरकारको तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस