दुर्घटना गराउने गाडीबारे सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

दुर्घटना गराउने गाडीबारे सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । भैरहवा परासी सडक खण्डको पननीमा ३५ दिनको शिशु सहित तीन जनाको ज्यान जाने गरी दुर्घटना गराउने गाडीको बारेमा सूचना दिनेलाई रुपन्देही प्रहरीले २५ हजार पुरस्कार दिने घोषणा गरेको छ ।

सोमबार अपराह्न रुपन्देही प्रहरीले शङ्कास्पद गाडीको नमुना र रङ्ग सार्वजनिक गर्दै गाडीको सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको हो ।

भैरहवा परासी सडक खण्डको पननीमा सोमबार बिहान करिव ६ बजेको समयमा दुर्घटना हुँदा ३५ दिनको शिशु सहित तीन जनाको ज्यान गएको थियो । दुर्घटना गराउने गाडीको बारेमा सूचना दिनेलाई रुपन्देही प्रहरीले २५ हजार पुरस्कार दिने घोषणा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस