सन्दीपविरुद्ध आज अदालतमा अभियोजन पत्र दायर गरिँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सन्दीपविरुद्ध आज अदालतमा अभियोजन पत्र दायर गरिँदै


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजन पत्र आज जिल्ला अदालत काठमाडौँमा दायर गरिने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजन पत्र दायर गर्न लागेको हो ।

प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनअनुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

अभियोजन पत्र दायर भएपछि अदालतमा सन्दीपको बयान सुरु हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ । यो प्रक्रिया आउँदो मङ्गलवारसम्म सकिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस