नवलपरासी दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नवलपरासी दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाको मथारमा भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ।

पाल्पाबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ३ बजेतिर पूर्वी नवलपरासीको बुलिङटार–२ मथारमा दुर्घटनामा परेको थियो।

मृत्यु हुनेमा पाल्पाको रम्भादेवी गाउँपालिका–१ की ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्यान गाउँपालिका–९ बेलचौरकी ४५ वर्षीय जुलमाया माझी रहेका छन्।

सम्बन्धित समाचार : मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस