मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु


१३ कार्तिक २०७९, आइतबार


पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते भएका ३० जना उद्धार गरिएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको छ।

बस सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस