२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेता यादवका छोराको कारले ठक्कर दिँदा ६ जना घाइते, काँग्रेस नेताहरूबाट मिल्न दबाब

अ+ अ-

बुटवल । नेपाली काँग्रेसका नेता प्रमोद यादवका छोरा निखिलले कार पछाडि हटाएर घाइते बनाएको भन्दै घाइतेहरूले कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार राति निखिलले बुटवलको एक क्लब अगाडि बा ०१-०२ ६६२९० नम्बरको कार ब्याक गरेर ६ जनालाई घाइते बनाएको उनीहरूको भनाइ छ ।

कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुनल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा घाइते भएका थिए ।

कुनल र सुजल पाण्डेको तिनाउ हस्पिटलमा उपचार भइरहेको छ । २ जनाको चौराह अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सामान्य उपचारपछि घर फर्केका छन् ।

यादवले गाडी ब्याक गराएर घाइते बनाएको तर कारबाहीको साटो काँग्रेस नेताहरूबाट मिल्न दबाब दिएको घाइतेहरूको गुनासो छ । ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको छ । पीडितहरूले काँग्रेस नेता यादवले मिलापत्रका लागि दबाब दिएको बताएका छन् ।

घाइते सुजलले यादवका आफन्त र काँग्रेसका नेताहरू अस्पताल आएर पटक पटक मिलेर जान दबाब दिइरहेको बताए । ‘दोषीलाई कारबाही हुनुपर्‍यो, नेता दबाबमा प्रहरीले घटना सामसुम पार्न खोजेका छ’, सुजलले भने ।

यादवले गाडी ब्याक गर्दा त्यहाँ रहेका आधा दर्जन मोटरसाइकल र स्कुटरमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चालकले मदिरा सेवन गरेको भए कानुन बमोजिम कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस