कांग्रेसको संकल्प : ५ वर्षमा ५० प्रतिशत विद्युतीय गाडी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कांग्रेसको संकल्प : ५ वर्षमा ५० प्रतिशत विद्युतीय गाडी


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसले आगामी ५ वर्षमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग ५० प्रतिशत पुर्‍याउने चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ को चुनावी संकल्प पत्रमा कांग्रेसले विद्यीय सवारीको प्रयोगलाई व्यापक बनाउने गरी महत्वाकांक्षी घोषणा गरेको हो ।

संकल्प पत्रमा सन् २०४५ सम्म (आगामी २३ वर्ष)मा शहरी यातायातमा खनिज ऊर्जा (डिजेल–पेट्रोल) को उपयोग शून्यमा झार्ने उल्लेख छ ।

जलवायु परिवर्तन भई वातावरणीय सन्तुलन र विविधता, भौगोलिक सुन्दरता र जीविकोपार्जनमा गम्भीर असरहरु देखिन थालेको भन्दै कांग्रेसले कार्वन उत्सर्जन र प्रदूषण घटाउने, आम जीवनशैली पर्यावरणमैत्री बनाउने, जलवायु अनुकुलनका योजनाहरू बनाउने र विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस