४० प्रतिशत सिट समानुपातिकबाट ल्याउँछौ : काँग्रेस प्रवक्ता महत  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

४० प्रतिशत सिट समानुपातिकबाट ल्याउँछौ : काँग्रेस प्रवक्ता महत 


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले ४० प्रतिशत सिट समानुपातिकबाट आउने दाबी गरेका छन् । 

अघिल्लो चुनावमा समानुपातिकमा ४० र प्रत्यक्षमा २३ सिटमात्र आएको उल्लेख गर्दै प्रवक्ता महतले अहिले पनि ४० प्रतिशत सिट समानुपातिकबाट आउने बताएका हुन् ।

६१ ठाउँमा सङ्घ वा प्रदेशमा खाली रहेको उनले भने,’यस्तो ठाउँमा हाम्रा साथी निष्क्रिय हुने डर छ ।’

प्रेस युनियनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेस प्रवक्ता महतले आफूहरूले गठबन्धनमा भोट नहाले समानुपातिकमा समेत भोट नआउने आशङ्का व्यक्त गर्दै सबै क्षेत्रमा मतदान गर्न आग्रह गरे । 

‘धेरै उम्मेदवार ठूलो कुरा होइन परिणाम ल्याउनु ठूलो कुरा हो । त्यसैले हामीले परिणाममा केन्द्रित गरेका छौँ । हामीले अर्को दलको लाई मत दिन जरुरी छ, ‘उनले भने ।

ओली सरकारले संविधान लत्त्याएकाले त्यसविरुद्ध विद्रोह भएर अहिलेको सरकार बनेको उल्लेख गर्दै महतले भने,’अब त्यतै फर्किने कि अग्रगमनको बाटोमा जाने भन्ने अवस्था अहिलेको हो ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अपवित्र गठबन्धन बनेको भन्दै त्यसलाई रोक्न केन्द्रित हुनुपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस