२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैँजडी, नाचिँदैन सोरठी र मारुनी

अ+ अ-

ढोरपाटन ।  तिहारमा दीप प्रज्वलन जत्तिकै महत्त्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ ।

तिहार शुरु भएसँगै टोल टोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा  मौलिकता भने गुमाउँदै गएको छ । 

देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र र्‍याप गीत बज्न थालेका छन् । साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ । 

यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोक चोकमा देउसी, भैलो खेल्नेको भिड छ । तर उनीहरूले गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न । बागलुङ बजारका ७८ वर्षे देवबहादुर श्रेष्ठ परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेकोमा चिन्ता व्यक्त गर्छन् ।  । 

पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उनले भने, ‘अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र खैँजडी बजाएर गरिने मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु ?’ आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उनको बुझाइ छ । 

‘हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरूको देखासिकी गर्ने बानीले कैयौँ संस्कृतिहरू लोप भइरहेका छन्’ उनले भने ।

स्थानीय ६५ वर्षीय भूदर्शप्रसाद श्रेष्ठले आधुनिक शैलीको देउसी र भैलोका कारण नेपालीको पहिचान नै गुम्ने अवस्था आउन लागेको बताए । उनले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने सुझाव दिए ।

उनले रेकर्ड गरिएका गीतले मौलिक सोरठी, मारुनी, थाली, कौरा, सिरफुले, सालैजो जस्ता गीत र नृत्य ओझेलमा परेको बताए । श्रेष्ठले विदेशी संस्कृतिको अनुसरण गरे पनि मौलिक देउसी, भैलोको खास, महत्त्व र मर्म भने हराउन दिन नहुने बताउँछन् । तर पछिल्ला वर्षमा पैसा सङ्कलन गर्नका लागि विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

‘प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुसरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भावना युवापुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन’, श्रेष्ठले भने, ‘नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ ।’

स्थानीय ३० वर्षीय लक्षु पुनमगरले मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने बताए। उनले बुढापाका  मौलिकताको खानी भएको भन्दै उनीहरूबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने बताउँछन् । 

पुनमगर भन्छन्, ‘अग्रजलाई सधैँ सम्मान गर्न पर्छ, उहाँहरूमा संस्कृतिका बारेमा धेरै ज्ञान छ, हामीले सिक्न सकिरहेका छैनौँ, धेरैलाई पुराना संस्कृतिका बारेमा थाहा नहुँदा पश्चिमा संस्कृतिको सिको गरेका हुन् ।’

पुनले अहिले देउसी, भैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी गर्छन् । बढ्दो प्रविधिको विकासले गर्दा नयाँपुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताउँछन् । 

प्रतिक्रिया दिनुहोस