२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राती सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई महानगरले तिरायो चार लाख जरिबाना

अ+ अ-

काठमाडौँ । अनधिकृत फोहोर फाल्नेहरूलाई गरिएको कारबाहीका क्रममा काठमाडौँ महानगरपालिकाले चार लाख ५०० रुपैयाँ जरिबाना रकम सङ्कलन गरेको छ । 

रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति तथा व्यवसायी तथा संस्थाका प्रतिनिधिहरूलाई पक्राउ गरी जरिबाना गरिएको हो ।

वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ सङ्कलन भएको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए । 

फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा एक हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँ जरिबाना रकम तोक्ने गरिएको छ ।

पक्राउ परेपछि कतिपयले गल्ती महसुस गर्ने गरेको नगरप्रहरीले जनाएको छ । यसरी फोहोर फाल्ने कतिले हातमा बोकेर थोरै मात्रा लिएर आउने गरेको त कतिले सवारी साधनको प्रयोग गरेरै आउने गरेको महानगरले जनाएको छ । 

अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ । एक दिनमा ५ जनाको टोली खटिन्छ ।

महानगरले घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राख्ने र तोकिएका व्यक्ति तथा सवारी आएपछि मात्र बाहिर निकाल्न अनुरोध गरेको छ । यसरी गरिएको अनुरोधलाई नटेर्नेमाथि कारबाही गर्ने गरिएको अनुगमन टोलीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस