कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गर्दै शिवराज नगरपालिका  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गर्दै शिवराज नगरपालिका 


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्याउँदै शिवराज नगरपालिकाले पनि बैठकको प्रत्यक्ष प्रसारण गर्न थालेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले आइतबारको बैठकबाट प्रत्यक्ष प्रसारण सुरु गर्न लागेको बताए । नगरपालिकाका समग्र गतिविधिमा पारदर्शिता ल्याउन बैठक प्रत्यक्ष प्रसारण गर्न लागिएको पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस