वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण


५ कार्तिक २०७९, शनिबार


लम्की । कैलालीको लम्कीचुहा-१ को कार्यालयले वडाअन्तर्गतका ११ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै उनीहरुको सम्मानस्वरुप साइकल वितण गरिएको लम्कीचुहा नगरपालिका-का वडाध्यक्ष नेत्रप्रसाद खनालले बताए ।

गर्भवतीदेखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोपदेखि कोभिड-१९ को महमारी र हाल डेङ्गु नियन्त्रणको लागि गाउँघर र टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेकोे भूमिकाको जति प्रशंसा गरे पनि कम हुने उनको भनाइ थियो ।

लम्कीचुहा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षिक तप्त भण्डारीले स्वास्थका आधारस्तम्भ भनेको नै महिला स्वास्थ्य स्वयंसेविका भएको बताए । मातृशिशु मृत्युदर घटाउन र सरुवा रोगबाट बचाउन प्रमुख भूमिका नेपालमा महिला स्वास्थ्य स्वयंसेविकाको नै रहेको उनको भनाइ थियो ।

दिनरात नभनी आफ्नो सेवामा निरन्तर लागि रहेका स्वास्थ्य स्वयंसेविका वडा कार्यालयबाट साइकल पाएपछि हर्षित भए । वडा नम्बर १ अन्तर्गतका ११ स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को बजेटबाट रु एक लाख २६ हजार बराबरको साइकल खरिद गरी वितरण गरेको थियो । साइकल पाइसकेपछि स्वास्थ्य स्वयंसेविकाको संयोजक पार्वती बजगाईले वडा कार्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा आफूहरुको मनोबल बढाउने कार्यक्रम गर्न आग्रह गरे । दश वटा वडा रहेको उक्त नगरपालिकामा ९१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस