गठबन्धन देश विकास र संविधानको रक्षाका निम्ति हो : देउवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गठबन्धन देश विकास र संविधानको रक्षाका निम्ति हो : देउवा


५ कार्तिक २०७९, शनिबार


विराटनगर । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन देश विकास र संविधानको रक्षाका निम्ति भएको बताएका छन्।

विराटनगरमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा सम्बोधन गर्दै देउवाले आफ्ना मतदाताहरूलाई रूख चिन्ह नभएका ठाउँमा हँसिया हथौडा र कलममा भोट हाल्न अनुरोध गरे।

उनले अगाडि भने, ‘म आफूले त हँसिया हथौडामा भोट हालिसकेको छु। तपाईँहरू पनि रूख नभएका ठाउँमा हँसिया हथौडामा भोट हाल्न गाह्रो नमान्नुहोला । उनले रुख भएको ठाउँमा रुखमा नभएको ठाउँमा हँसिया हथौडा कलममा भोट हालेर गठबन्धनका उम्मेदवारहरूलाई जिताउनसमेत आग्रह गरे।

सभापति देउवाले अहिलेको आफूहरूको गठबन्धन जनताको हितका लागि गरिएको दाबी गरे। लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्न गठबन्धनलाई भोट दिन पनि उनले आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस