स्पष्टीकरण सोध्दा तरङ्ग पैदा भयो, कारबाही गरे उम्मेदवारमा भूकम्प जानसक्छ : दिनेश थपलिया « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्पष्टीकरण सोध्दा तरङ्ग पैदा भयो, कारबाही गरे उम्मेदवारमा भूकम्प जानसक्छ : दिनेश थपलिया


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लङ्घनबारे स्पष्टीकरण सोध्दैमा तरङ्ग पैदा भएको बताएका छन् । 

शुक्रवार प्रदेश १ मा आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेश स्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आचारसंहिता उल्लङ्घनबारे स्पष्टीकरण सोध्दैमा तरङ्ग पैदा भएको बताएका हुन् ।

उनले आगामी १० दिनमा आयोगले आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरूमा भूकम्प जानसक्ने आशङ्का व्यक्त गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु नभएको बताए । उनले आचारसंहिता उल्लङ्घन गरेको बारेमा स्पष्टीकरण सोध्नुलाई कारबाहीको प्रक्रिया प्रारम्भको रूपमा लिनुपर्ने बताए । 

उनले आचारसंहिता उल्लङ्घन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै निर्वाचन आयोगले कारबाही नगर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारहरूलाई कारबाही गर्न आयोग दृढ रहेको पनि बताए ।    

Tags :
प्रतिक्रिया दिनुहोस