नवनियुक्त अमेरिकी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवनियुक्त अमेरिकी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत थम्पसनले आज  राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । 

ओहोदाको प्रमाणपत्र पेस गरेलगत्तै राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताए ।

उनले  सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो । अमेरिका-नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस