गठबन्धन १०-२० वर्ष जानसक्छ : देउवा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

गठबन्धन १०-२० वर्ष जानसक्छ : देउवा


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन अझै १०-२० वर्ष कायम रहन सक्ने बताएका छन् ।

सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले संविधान,सङ्घीयता, समावेशिता बचाउन गठबन्धन आवश्यक रहेको जिकिर गर्दै चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताए ।

‘धेरै ठूलो लडाइँपछि संविधानले दिएका सङ्घीयता,गणतन्त्र,समावेशिता समाप्त पार्ने प्रयास भइरहेको छ’, देउवाले भने, ‘चुनावपछि गठबन्धनकै सरकार बन्ने हो,यो १०-२० वर्षसम्म जानसक्छ ।’

टिकट नपाएर असन्तुष्ट बनेकाहरूलाई लक्षित गर्दै देउवाले अहिले टिकट नपाएकाहरुलाई संघीय र प्रदेश सरकारमा धेरै ठाउँमा अवसर हुने आश्वासन दिए ।

सत्ता गठबन्धनको विरुद्ध राष्ट्रवादीको नाममा राजावादी शक्ति लागेको देउवाको आरोप छ । गठबन्धनका विषयमा शङ्का उपशङ्का गर्ने गराउने अवस्था आउन नदिन देउवाले बारम्बार आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस