डिभोर्स गर्दै दोहोरी गायिका ‘जेरी’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डिभोर्स गर्दै दोहोरी गायिका ‘जेरी’


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शङ्कर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतिमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् । 

बाँनिया र क्षेत्रीले डिभोर्सका लागि बिहीबार काठमाडौँ जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरूको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ ।

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शङ्कर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस