लुम्बिनीका २६ वटै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने दाबी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लुम्बिनीका २६ वटै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने दाबी


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने दाबी गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनले शुक्रबार बुटवलमा भएको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले नेपाली जनताको जीवनमा खुसी ल्याउन, परिवर्तन गर्न तथा देशभित्रै रोजगारी सिर्जना गर्न गठबन्धन सक्षम हुने समेत बताए । उनले राष्ट्र निर्माणको प्रयत्न अनुसार नै गठबन्धन बनेको बन्दै मुलुकको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर गठबन्धनलाई सफल बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

‘नेपालका ठुला ठुला राजनीतिक परिवर्तन लोकतान्त्रिक बाम गठबन्धनकै आधारमा भएका थिए । २०४६ साल वा २०६२/ ०६३ को आन्दोलन पनि सहमति सहकार्य र एकताकै कारण सम्भव भएको हो’, खाँणले भने, ‘यो अग्रगमनबाट आत्तिएर प्रतिगमनकारीहरूले विभिन्न हतकण्डा गरिरहेका छन् ।’

उनले प्रतिगामीहरूको षडयन्त्रबाट सतर्क रहनुपर्ने भन्दै लुम्बिनीका २६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरूले विजय प्राप्त गर्नेमा विश्वास व्यक्त गरे । ‘लुम्बिनीका २६ वटै सिटमा गठबन्धनले विजय प्राप्त गर्छ भन्नेमा विश्वास दिलाउन चाहन्छु’, खाँणको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस