चुनावको खेल धेरै खतरनाक छ, सजग बनौँ : भुसाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चुनावको खेल धेरै खतरनाक छ, सजग बनौँ : भुसाल


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले चुनावको खेल धेरै खतरनाक हुने भन्दै त्यसलाई बुझ्न जरुरी रहेको बताएका छन् । निर्वाचनमा मत बदर नहोस् भन्ने कुरामा अत्यन्त सजग हुनुपर्ने उनले बताए ।

शुक्रबार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले मत बदर भए निर्वाचन हार्ने खतरा हुने बताए ।

स्थानीय निर्वाचनमा धेरै ठाउँमा मत बदर भएका कारणले आफूहरूले चुनाव हारेको बताउँदै उनले फेरि पनि मतहरू बदर भए भने चुनाव हार हुने बताए ।

उनले आफूहरूले गठबन्धन बनाएर संविधानको रक्षा गरेको जिकिर समेत गरे । अन्यथा नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति आउने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस