संविधानलाई ट्रयाकमा राखेर विकाश गर्न गठबन्धन : प्रकाशमान सिंह « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

संविधानलाई ट्रयाकमा राखेर विकाश गर्न गठबन्धन : प्रकाशमान सिंह


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नहुने भएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले देशमा स्थिरता कायम होस् भन्ने चाहना जनताको भएकाले राजनीतिक स्थिरताकै लागि गठबन्धन गरिएको बताए । उनले गठबन्धनको विकल्प नभएको समेत बताए ।

राजनीतिक स्थिरताबाटै देशमा समृद्धि र विकास हुने भन्दै उनले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह समेत गरे ।

गठबन्धनलाई जिताउन देशभरका सबै नेता, कार्यकर्ता सहजताका लागि आवश्यक पहल गर्न सिंहको आग्रह छ ।

Tags :
प्रतिक्रिया दिनुहोस