मौसम आंशिक बदलीदेखि सफा रहने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मौसम आंशिक बदलीदेखि सफा रहने


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ ।

विभागले आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस