झापा गोली प्रकरण : भतिजालाई गोली हानेर काकाले गरे आत्महत्या  « प्रशासन
Logo २६ जेष्ठ २०८०, शुक्रबार
   

झापा गोली प्रकरण : भतिजालाई गोली हानेर काकाले गरे आत्महत्या 


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । झापाको गौरादह नगरपालिका ८ मा मंगलबार साँझ आफ्नै भतिजालाई गोली हानेर काका मृत अवस्थामा फेला परेका छन्।

गौरादह ८ का ३५ वर्षीय बिरन शाहले आफ्नै भतिज हेमराज शाहलाई गोली हानेका हुन्।

भतिजलाई गोली हानेका बिरन घटनास्थलबाट करिब ५० मिटर टाढा आफैँले कन्चटमा गोली हानेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

काकाले हानेको गोली लागेर घाइते भएका हेमराजको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

बिरनको शवसँगै पेस्तोल र १४ राउन्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस