एमालेका ९७ जनाले दिए सामूहिक राजीनामा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमालेका ९७ जनाले दिए सामूहिक राजीनामा


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।

विज्ञप्ति जारी गरेर एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरू मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले नेपालको कम्युनिस्ट अभियानमा लाग्दै भूमिगत अवस्थादेखि नेकपा माले हुँदै सक्रिय रूपमा नेकपा एमालेमा लाग्दै आएपनि अब उप्रान्त पार्टी परित्याग गरेको बताएका छन् ।

श्रमिक, किसान, मजदुर, नेपाल र नेपाली जनताको हित र जीवन स्तर सुधारको पक्षमा, गरिब किसान मजदुर वर्गले अपेक्षा गरे अनुसारको कार्य हुन नसक्ने अवस्था देखिएकोले पार्टी छोड्नुपरेको उनीहरूको तर्क छ ।

उनीहरूले पार्टी छोड्नुपर्ने १४ वटा कारणहरू समेत प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । केन्द्रीयताको आडमा कार्यकर्ताहरूलाई बोल्न समेत रोक लगाएर आफ्ना कुराहरू र समस्याहरू कतै राख्न नपाउने बनाइएको, आत्मालोचना गर्ने परिपाटी समाप्त भई पार्टी, नेताहरू कार्यकर्ताहरू स्वयं गुटबन्दीमा लागेर एक अर्कालाई सिध्याउने निषेधको राजनीति जारी रहेकोले सैद्धान्तिक स्खलन भएको उल्लेख छ ।

विगतमा पार्टी कार्यालय तोडफोड गर्ने, झण्डा च्यात्ने, पार्टी कार्यालय सञ्चालनमा बाधा पार्ने, पार्टीका कार्यकर्ताहरूलाई कुटपिट गर्ने, घर भत्काइदिने, गुण्डागर्दी गर्ने व्यक्तिहरूलाई पार्टीभित्र आयात गरी पार्टी नेतृत्व तथा स्थानीय तहको समेत जिम्मेवारी दिई पार्टीलाई ध्वस्त पारेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस