गठबन्धनले जिते गाउँ-गाउँमा विकासको लहर : चक्रपाणि खनाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गठबन्धनले जिते गाउँ-गाउँमा विकासको लहर : चक्रपाणि खनाल


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आसन्न मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणि खनाल (बलदेव) ले हलसम्मको राजनीतिक उपलब्धिको रक्षा गर्न गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताएका छन् । गठबन्धनका उम्मेदवारले जिते  गाउँ–गाउँमा विकासको लहर चल्ने उनले बताए ।

कपिलवस्तुको शुद्धोदनमा सम्पर्क कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बलदेवले यसअघिको सरकारले आंशिक रूपमा काम गर्न पाएको र आगामी गठन हुने गठबन्धनको ५ वर्षे सरकारले गाउँ गाउँमा विकास गर्ने बताएका हुन् ।

आगामी चुनावमा देशभर गठबन्धनको जित भएर प्रतिगामी र परिवर्तन विरोधी शक्ति पाखा लाग्ने भन्दै उनले त्यसपछि मात्र गाउँ ठाउँको विकास हुने दाबी गरे । यसअघिको चुनावमा आफूले यस क्षेत्रबाट जित हासिल गरे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अवरोधको कारण यहाँको प्राप्त विकास गर्न नसकिएको बताए ।

जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अहिले गठबन्धनले जित्नै पर्ने बलदेवको दाबी छ । कार्यक्रममा एमाले तथा अरू पार्टी त्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसरी प्रवेश गर्नेमा एमालेका प्रदेश सदस्य लगायत छन् । उनीहरूले एमाले नेतृत्वमा दास भएर बस्न नसकेपछि माओवादीमा आएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस