निर्वाचनमा सञ्चार माध्यमको अनुगमन : काउन्सिलले बढायो सक्रियता  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्वाचनमा सञ्चार माध्यमको अनुगमन : काउन्सिलले बढायो सक्रियता 


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७९ लाई लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तीव्रता दिएको छ । काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको हो । 

अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टा छुट्टै समूह बनाएर काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए । 

मङ्गलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्याङ्क विज्ञसँग छलफल गरेको थियो । यसअघिका आम निर्वाचनहरूमा समेत तथ्याङ्क प्रशोधनसहित अनुमगनको अनुभव सङ्गालेका तथ्याङ्क विज्ञद्वारा तथ्याङ्क प्रशोधन/अनुगमन विधिबारे संक्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताए । 

काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको र पत्रकार तथा सञ्चार माध्यम सम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन समेत भइरहेको उनले जानकारी दिए । 

यसअघि, काउन्सिलले २०६४ सालको संविधानसभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन र २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यमको विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस