राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भङ्ग गरियो : देउवा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भङ्ग गरियो : देउवा


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेको संसदलाई मनपरी ढङ्गले भङ्ग गरेको बताएका छन् ।

ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर समेत संसद भङ्ग गरेको टिप्पणी गरे ।

‘राति २ बजे राष्ट्रपतिलाई उठाएर भङ्ग गरियो, बिहान गरेको भए राति ६र७ बजेतिर गरेको भए पनि हुन्थ्यो’, देउवाले भने, ‘त्यस्तो किसिमको लहडमा भङ्ग गर्न थालेपछि त के के गर्नुहुन्छ गर्नुहुन्छ, त्यसैले हामीले संसद बचाउन आवश्यक थियो ।’

संविधान बनाउँदा नै कुनै हालतमा संसद विघटन गर्न नपाइने उल्लेख गरिएको भन्दै देउवाले लोकतन्त्रमा आवधिक निर्वाचनको महत्त्व हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस