‘व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुन चाहन्छु’ : चौधरी « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

‘व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुन चाहन्छु’ : चौधरी


१ कार्तिक २०७९, मंगलबार


नवलपरासी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी–१ का मतदाताका घरमा चुनावी प्रचारमा छन् । निर्वाचनलाई लक्षित गर्दै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा पुगेको उनले बताउने गरेका छन् ।

अर्बपति चौधरीले आफ्नो जीवनको ६५ वर्षमा कहिल्यै फेल नभएको बताएका छन् । ‘६५ वर्षको उमेरमा कहिल्यै फेल नभएको म यहाँ विकास गर्छु भनेर आएको छु, व्यवसायमा जस्तै राजनीतिमा पनि सफल हुने विश्वास म मा छ’, उनले भने।

अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेर आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाइ छ । उनले भने ‘विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीति आएको हु ।’

कुशल व्यवस्थापकका रूपमा आफ्नो उद्योग, व्यवसायलाई सफल पारे जसरी नै राजनीतिमार्फत देशलाई सफल बनाउने चौधरी बताउँछन् । एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उनको तर्क छ ।

नवलपरासी–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका चौधरीको जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीसँग मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस