२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीका सङ्गठन प्रविधिमैत्री बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन् ।

सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सूचना प्रविधिलाई समयानुकूल परिवर्तन गरी अघि बढ्न सके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए । उनले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए । उनले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे ।

‘सूचना प्रविधिलाई समयानुकूल परिवर्तन गरी अघि बढ्न सके मात्रै कुनै पनि सङ्गठनको प्रभावकारिता हुन्छ र अपेक्षित परिणाम हासिल हुनेछ । प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु,’ उनले भने, ‘नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गरी जान आवश्यक छ । यसका लागि आवश्यक योजना अघि बढाउन गृह मन्त्रालयलाई पनि निर्देशन दिन्छु ।’

प्रधानमन्त्री देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिए ।

‘आगामी निर्वाचनमा नेपाल प्रहरीले आफ्नो मूलभूत दायित्व इमन्दारिताकासाथ निर्वाह गर्नुपर्नेछ । ऐन, कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई सम्पन्न गर्न निर्देशन दिन चाहन्छु,’ उनले भने, ‘सीमित श्रोत, साधन, कठिनाइका बिच भएका श्रोत, साधनको प्रयोग गरी उक्त कार्यमा लाग्न निर्देशन दिन्छु । स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस