नेपाली सेनाका हुद्दा मृत भेटिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाली सेनाका हुद्दा मृत भेटिए


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपाली सेनाका एक जना हुद्दा आज बिहान काठमाडौँको गुह्येश्वरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

नुवाकोट घर भई हाल काठमाडौँको तिलगंगा बस्दै आएका बन्द बस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुडासैनीले आत्महत्या गरेको पाइएको र यसबारे अनुसन्धान जारी रहेको जानकारी दिए । उनका अनुसार मृतक गल्फ खेलाडी पनि हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस