कोइला खानी विस्फोट हुँदा टर्कीमा ४१ को मृत्यु, ५८ जनाको उद्धार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोइला खानी विस्फोट हुँदा टर्कीमा ४१ को मृत्यु, ५८ जनाको उद्धार


३० आश्विन २०७९, आइतबार


बार्टिन । टर्कीमा एक कोइला खानी विस्फोट हुँदा ४१ जनाको मृत्यु भएको छ । बार्टिन प्रान्तस्थित कोइला खानीमा विस्फोट हुँदा ४१ जनाको निधन भएको राष्ट्रपति रिसेप तैय्यप एर्दोगानले शनिबार बताएका रोयटर्सले लेखेको छ ।

उक्त विस्फोटमा परेका ५८ जनाको उद्धार गरिएको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । उक्त खानीमा ११० जना कार्यरत थिए ।

उद्धार गरिएका घाइतेहरुमध्ये १० जनाको बर्टिन र स्टानबुलमा उपचार भइरहेको छ । समाचारमा जनाइएअनुसार बाँकी घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस